मोदीका रमाईला तस्विर अब किताबमा, कस्ता छन् तस्विर…(तस्विरसहित)

99
  •  
  •  
  •  

काठमाडौ, ५ भदौ (एजेन्सी) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले भारतमा मात्र नभई विश्वमा नै चर्चित नेताका रूपमा देखिएका छन् । सञ्चारमाध्यममा छाइरहनका लागि कुनै ठूलो कुरा चाहिन्न । उनी स-साना विषयले नै सञ्चारमाध्यममा निकै तानिएका छन् । उनको भाषण होस् या स्टाइलिश अवतार होस् उनको चर्चा हुनेनै गर्छ ।

अक्सर धेरै नेताहरुको रमाइला तस्विरहरू सञ्चारमाध्यममा आउने गरेका छन् । यस्तैमा भारतको एक अनलाईनले पनि भारतीय प्रधानमन्त्री मोदीको निकै रमाईला र स्टाइलिश तस्विरहरू प्रकाशित गरेको छ । हुन त भारतीय प्रधानमन्त्री मोदी यस विषयमा निकै सतर्क रहन्छन् । उनी जनतामाझ पुग्ने हरेक तस्विर स्टाइलिश हुन् भन्नेमा निकै ध्यान पुर्याउँछन् । तर, गुजरातका एक फोटोग्राफर दिलीप ठाकरले मोदीका फरक खालका तस्विर आफ्नो क्यामरामा कैद गरेका छन् ।

narendra-modi-rare-pics2अब यीनै तस्विरहरूका साथ मोदीमाथि एक किताब नै प्रकाशित हुने भएको छ । ‘नरेन्द्र मोदीः तासीर तस्विरो में’ नामक किताब अहमदाबादको नवभारत साहित्य मन्दिरद्धारा प्रकाशित गरिने भएको छ । गुजराती र अंग्रेजी भाषामा प्रकाशित हुने यस किताबमा सबै तस्विरहरू दिलीप ठाकरका हुनेछन् तर लेखन भने पत्रकार आशु पटेलको हुनेछ ।

narendra-modi-rare-pics3किताबको लोकार्पण आगामी शनिबार बेलुका गोरेगाऊँ, एनएसई मैदानमा केन्द्रीय मानव संशाधन मन्त्री स्मृति ईरानीको हातबाट हुनेछ । पुस्तक लोकार्पणका दौरान गुजराती कलाकारहरूद्धारा कार्यक्रम पनि प्रस्तुत गरिनेछ ।

 

narendra-modi-rare-pics1 narendra-modi-rare-pics4 narendra-modi-rare-pics5


  •  
  •  
  •