भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे तीन गल्ती

121
  •  
  •  
  •  

modi-in-lalkillaकाठमाडौ, १२ असोज(एजेन्सी) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९ औं महासभालाई सम्बोधन गर्दा तीनवटा गल्ती गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । संचारमाध्यमका अनुसार मोदीको महासभालाई सम्बोधनको विषयलाई भारतमा निकै उत्सुकता थियो ।
भाषण गर्न निकै सिपालु मानिने मोदी संयुक्त राष्ट्रसंघ महासभामा भने हड्वडाउँदै प्रस्तुत भए । करिव १२ वर्षपछि यूएन महासभामा मोदीले हिन्दीमा सम्बोधन गरेका थिए । तर, मोदीले आफ्नो भाषणका क्रममा कतिपय व्यक्तिको नामको उच्चारण तथा अन्य केही गल्ती गरेको स्पष्ट रुपमा देखियो । सो सम्बोधनमा मोदीले गरेको तीन गल्तीका कारण विरोधीले मोदीको आलोचना गर्ने अवसर पाएका छन् ।

पहिलो गल्ती
प्रधानमन्त्री मोदीले सम्बोधनको सुरूवातमा नै संयुक्त राष्ट्रसंघ महासभा अध्यक्षको नाम नै गलत उच्चारण गरे । उनले सैम कुटेसालाई को सैम कुरेसा भनेर पहिलो गल्ती गरे ।

दोस्रो गल्ती
प्रधानमंत्री मोदीले महासभालाई सम्बोधन गर्ने क्रममा ६९औं महासभालाई उनले अंग्रेजी र हिन्दीमा मिसाएर भने । उनले ६९ महासभालाई ‘सिक्सटी नाइंथवें’ सत्र भनेर महासभालाई गरे ।

तेस्रो गल्ती
मोदीले भारतको जनसंख्यालाई इंगित गर्दै भारत ‘वन प्वाइन्ट टवेन्टी फाइव (१.२५)’ मानिसको देश भने । अर्थात दशमलवपछिको अंक पनि मोदीले एकैसाथ पढे । जबकि यसलाई वन प्वाइंट टू फाइव (१.२५) भनिन्छ । यो भन्दा मोदी केही हडबडाएका थिए ।

यस्तै, उनले अन्य केही गल्तीहरू समेत गरेको भन्दै आलोचना पनि भइरहेका छन् ।


  •  
  •  
  •