सरकारले निर्वाचन प्रभावित गर्ने काम गर्यो : आयुक्त दाहाल

290
  •  
  •  
  •  

काठमाडौं, १५ : निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले सरकारले निर्वाचनलाई प्रभावित पार्ने काम गरेको भन्दै
स्पस्टिकरण सोध्ने बताएका छन् ।

विहिवार प्रधानमन्त्री निवास वालुवाटारमा वसेको वैठकले निर्वाचन आचार संहिता लत्याउँदै कर्मचारी नियुक्त र दिर्घकालिन महत्व राख्ने काम गरेको भन्दै आयोगको ध्यानाकर्षण भएको बताएका छन् । शुक्रवार ताप्लेजुङमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै दाहालले आचारसंहिता विपरित कसैले पनि काम गर्न नहुने वताए ।

दलहरुले आचारसंहिता विपरित टाँसेका तुल,ब्यानर र झण्डा हटाउन आयोग सक्रिय बन्नुका साथै दल र उम्मेदवारहरुलाई समेत स्पस्टिकरण सोध्न सक्रिय भई लागिरकेको दाहालले बताए ।


  •  
  •  
  •