नरेन्द्र मोदीले आजदेखि चुनावी प्रचार अभियान थाल्ने

409
  •  
  •  
  •  

काठमाडौं, १४ चैत(ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि चुनावी प्रचार अभियान थाल्दैछन् ।

भारतीय जनता पार्टी (भाजपा) का अनुसार मोदीले जम्मु काश्मिरबाट चुनावी अभियान थाल्नेछन् ।
यसअघि सन् २०१४ मा भएको निर्वाचनमा भाजपा जम्मु, उदामपुर र लाडाख गरी ३ सिटमा विजयी भएको भएको थियो ।

अहिले जम्मु र काश्मिरमा लोकसभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ ।
सो ठाउँमा अप्रिल ११ बाट मतदान सुरू भइ अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुनेछ ।


  •  
  •  
  •