माघ ८ पछि देशले संविधान नपाए पनि देशमा संविधानको रिक्तता हुँदैन : विजुक्छे

375
  •  
  •  
  •  

narayanman bijukchheभक्तपुर, १७ पुस(ओएनएस) : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले प्रक्रियामा गएमात्र संविधान जारी हुने सम्भावना देखिएता पनि यसो नभए माघ ८ मा संविधान जारी नहुने बताएका छन् ।

रफत सञ्चार क्लव भक्तपुरमा बिहिबार भएको अन्तरसंवादमा विजुक्छेले माघ ८ मा संविधान जारी भए पनि नभए पनि कुनै परिवर्तन नहुने बताउँदै सबै दलहरुलाई मान्य हुने संविधान जारी गर्न समय पखर्नु पर्नेमा जोड दिए । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले आफ्नो विषेश अधिकारको प्रयोग गरेमा निर्धारित मितिमै संविधान जारी गर्न सकिने भए पनि त्यसले निम्त्याउन सक्ने खतरा झनै भयानक हुने बताए ।

उनले माघ ८ पछि देखिने रिक्तताका विषयमा जुन किसिमको भ्रम देखा परेको छ, त्यस्तो केही नहुने र यही अन्तरिम संविधानले नै काम गर्ने प्रष्ट पारेका छन् । नयाँ संविधान जारी गरिएपछि मात्र राष्ट्रपति र उपराष्ट्रपतिका निर्वाचन गर्नु पर्नेमा जोड दिँदै वर्तमानमा यो विषय गौण रहेको र राजनीतिक दलको चलखेल भएको उनले बताए ।

एमाओवादी लगाएत ३३ दलीय मोर्चाले गर्ने भनेको आन्दोलन कुनै अर्थ नरहेको बताउँदै उनले प्राज्ञिक छलफलको आवश्यकता देखिएको धारणा राखे । उनले भने, ‘प्रधानमन्त्रिसँगको भेटघाटमा भक्तपुरको खानेपानीको समस्या, ख्वप विश्वविद्यालयका लागि सरकारले दिनु पर्ने स्विकृतिका देखाएको आलश्यता र अस्पताल खोल्न दिएका स्विकृतिमा देखिएको आर्थिक चलखेलकै कारण भक्तपुरमा सोचे जस्तो विकास हुन सकेको छैन् ।’

विजुक्छेले भने, ‘नगरपालिको घोषणाले समस्या मात्र बल्झाएको छ । कुनै भौतिक पूर्वाधार बिनै हचुवाको तालमा गरिएको नगरपालिका घोषणाले अल्पकालिन समस्या त भोग्नु पर्छ नै, यसले दिर्घकालिन समस्या समेत निम्त्याउँछ ।’


  •  
  •  
  •