गुटबन्दीमा लाग्दिन : नारायणकाजी

157
  •  
  •  
  •  

काठमाडौं, २८ जेठ (ओएनएस) । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी रुपान्तरणको आवश्यकता रहेको बताएका छन् । श्रेष्ठले अन्तरबिरोधका कारण पार्टी स्खलित भएकाले रुपान्तरण आवश्यकता रहेको बताएका हुन् ।

बुधबार आफ्नो निवास हरिसिद्धि ललितपुरमा पत्रकार सम्मेलन गरी उपाध्यक्ष श्रेष्ठले पार्टी काँग्रेस र एमाले जस्तो बन्नबाट बचाउन कम्युनिष्ट केन्द्र बन्नु पर्ने र त्यसका लागि नेकपा–माओवादीसंग पनि एकता गर्नु पर्ने उल्लेख गरे । ६ महिनासम्म सञ्चारमाध्यममा नबोलेका श्रेष्ठले उक्त समय आफ्नो मौन अबधि रहेको र अब त्यो अबधि तोडिएको जिकिर गरे ।

उपाध्यक्ष श्रेष्ठले सरकार र राजनीतिक दलको अकर्मण्यताका कारण २६ सभासद् मनोनयनको प्रक्रिया लम्बीएको आरोप लगाए । उनले आँफु भने २६ सिटमार्फत सभासद् नहुने स्पष्ट पार्दै श्रेष्ठले आँफु पार्टीभित्रको गुटबन्दीको पनि बिपक्षमा रहेको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा श्रेष्ठले सरकारले समयमै बजेट ल्याउनु पर्नेमा जोड दिँदै हरेक बर्ष कति गते बजेट सार्वजनिक गर्ने भन्ने कुराको पनि टुगो लाग्नु पर्ने बताए ।
उनले देशमा व्याप्त भ्रष्टाचार, सत्ता लोलपुपता, सिद्धान्त र मुल्यमान्यताको स्खलन भएका कारण विकास हुन नसकेको भन्दै यसलाई नसुधार्ने हो भने देश नवउपनिवेश हुने खतरा औंल्याए ।


  •  
  •  
  •