ओलीलाई ‘पागल’ भन्नु गलत : नारायणकाजी

572
  •  
  •  
  •  

narayanकाठमाडौं, २२ माघ (ओएनएस) : एकीकृत नेकपा माआवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो समय नेताहरुले एकअर्काबिरुद्ध दिएका अभिव्यक्ति अराजनीतिक भएको बताएका छन् ।

बिहिबार आफ्नो निवासमा पत्रकारहरुसँग कुराकानीको क्रममा एमाले अध्यक्ष केपी ओली र एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले सार्वजनिक गरिरहेको पछिल्ला अभिव्यक्तिहरु अराजनीतिक भएको उपाध्यक्ष श्रेष्ठले बताए ।

उनले भने, ‘ओली जीले दिनु भएको अभिब्यक्ति द्वन्द्व बढाउने किसिमको थियो । तर, आलीको अभिव्यक्तिलाई जवाफ दिने क्रममा मोर्चाले हिजो गरेको निर्णय गलत छ । ’

यसअघि ओलीले गत शनिबार मोओवादीलाई २ देखि १० अर्व रुपैयाँ दिए संविधानसभाको अवरोध खुल्छ भनेर गम्भिर आरोप लगाएका थिए । त्यसको प्रतिक्रिया स्वरुप विपक्षी मोर्चाले बुधबार ओलीलाई मानसिक रोग लागेको भन्दै सरकारसँग उपचार गराउन माग गर्ने आक्रमण तथा गम्भिर आरोप लगाएको थियो ।

पछिल्लो समय सत्तारुढ नेपाली काँग्रेस–एमाले तथा एमाओवादी नेतृत्वको विपक्षी मोर्चाबीचको विवाद तथा आरोप–प्रत्यारोप उत्कर्ष पुगिरहेको बेला श्रेष्ठले मध्यमार्गि बाटो लिएर समाधान निकाल्नु पर्ने बताए । त्यसको लागि सत्तापक्षले सहमतिको संविधान जारी गर्ने प्रतिवद्धता जनाए वार्ताको ढोका खुल्ने उनले बताए ।

यी पनि पढ्नुहोस् :

ओलीको ‘मानसिक स्थिति’ परिक्षण गराउन एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको माग

ओलीलाई भट्टराईको आक्रामक जवाफ : ‘ओलीको सिद्धान्त दलाल र नोकरशाही वर्गको’


  •  
  •  
  •