संविधानसभा छोड्ने कुरा आयो भने पार्टीभित्र संघर्ष हुन्छ : नारायणकाजी

272
  •  
  •  
  •  

narayanकाठमाडौं, १८ माघ  (ओएनएस): एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले संसदीय समिति बहिष्कार गरेपनि संविधानसभा छोड्ने कुरा नभएको बताएका छन् ।

रिपोर्टर्स क्लबले आइतबार विहान बुझाएको ज्ञापन पत्र बुझदै श्रेष्ठले पार्टीले संविधानसभा छोड्ने निर्णय गरे संघर्ष गर्ने बताए । उनले भने, ‘संविधानसभा छोड्ने कुरा नै आएको छैन, यदि त्यस्तो अवस्था आयो भने त्यतिखेर पार्टीभित्र मेरो दुईलाईनको संघर्ष हुन्छ ।’ यद्धपी श्रेष्ठले अहिलेको आन्दोलन परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्न जनजागरणको लागिभएको समेत स्पष्ट पारे ।

प्रक्रियाबाट संविधान लेखन थालेका सत्तारुढ दलका विरुद्धको आन्दोलन, संविधानसभाभित्रको संघर्ष र वार्ताको टेवलमा सकारात्मक ढंगबाट अघि बढाउने सन्दर्भमा पार्टीभित्र सबै एकमत रहेकोपनिश्रेष्ठले दाबी गरे ।

उनले कांग्रेस र एमालेले सहमतिबाटै अघि बढ्ने पूर्ण प्रतिबद्धता र अहिलेका प्रक्रियालाई स्थगन् गरेर आएमा पुनः संवाद सुरु भई संविधान लेखन प्रक्रियामा नयाँ शिराबाट सहमति हुने बताए । उनले भने–‘कांग्रेस–एमालेले बहुमतको हठ त्याग्नु पर्दछ र सहमतिबाट अघि बढ्न तयार हुनुपर्दछ, यदिउहाँहरुले सहमतिबाटै संविधान जारी गर्नुपर्छ भन्ने प्रतिबद्धता देखाउनुहुन्छ भने अझ ैपनि सहमति र वार्ताको सम्भावना छ ।’

उपाध्यक्ष श्रेष्ठले एमाओवादी वार्ता र सहमतिको विरोधी नभएको बताउँदै बहुमतीय प्रक्रिया सुरु गरेर कांग्रेस र एमालेले नै वार्ताको ढोकाबन्द गरेको आरोप लगाए ।

सत्तासाझेदारीको वारेमा पत्रकाहरुले गरेको प्रश्नमा श्रेष्ठले भने–‘अहिले हाम्रो एक सूत्रीय एजेण्डा भनेको नै संविधानसभाबाट संविधानजारी गर्नु हो,त्यो बाहेक अन्यत्र वार्ताको एजेण्डा बनाएर संविधान जारी गर्ने कुरालाई अबरोध गर्न चाहदैनौं ।’


  •  
  •  
  •