नारायणकाजीद्वारा बालुवाटार बैठक बहिष्कार

92
  •  
  •  
  •  

काठमाडौं ३ असोज (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले बालुवाटारमा शुक्रबार बिहान बोलाएको बैठक एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहिस्कार गरेका छन् । सरकारले राष्ट्रघाती पीडीए गरेको भन्दै उपाध्यक्ष श्रेष्ठले आफ्नै पार्टी सम्मिलित तीन दलको बैठक बहिस्कार गरेका हुन् ।

बैठक सुरु हुनु अघि प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराएर उनी बैठक कक्षबाट बाहिरिएका थिए ।  राष्ट्रिय हित विपरीत माथिल्लो कर्णालीमा पीडीए सम्झौता गरेको भन्दै श्रेष्ठले बैठक बहिस्कार गरेका हुन् ।

माथिल्लो कर्णालीमा विश्वकै सस्तो आयोजनालाई महंगोमा सम्झौता गरी राष्ट्रघात गरेको भन्दै श्रेष्ठ बैठक छाडेर बाहिरिएको स्रोतले बतायो । पीडीए सम्झौतालाई मन्त्रिपरिषदले अनुमोदन गरेको भोलिपल्ट संसदको अवरोध खुलाउन भन्दै प्रधानमन्त्रीले शुक्रबार बिहानै तीन दलका नेतालाई बालुवाटार बोलाएका हुन् ।


  •  
  •  
  •