एमाओवादी विबाद मिलाउन नारायणकाजी सक्रिय

51
  •  
  •  
  •  

काठमाडौं, २४ साउन (ओएनएस) : पार्टी भीत्र अन्तर कलह बढ्दै गएपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विबाद मिलाउन भेटवार्तालाई तीब्रता दिएका छन् । यसक्रममा उपाध्यक्ष श्रेष्ठले शनिवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता डा बाबुराम भट्टराईसंग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् ।

शनिवार बिहान नेता भट्टराईसंग सानेपामा परामर्श गरेका श्रेष्ठ त्यहीबाटो अध्यक्ष प्रचण्डलाई भेटन लाजिम्पाट पुगेका थिए । उपाध्यक्ष श्रेष्ठले परिवर्तनकारी शक्तिहरु ‘रक्षात्मक’ बनेको अबस्थामा पार्टीलाई एकताबद्ध बनाउन भट्टराईसंग प्रस्ताव गरेका थिए ।

संस्थापन पक्षले निरंकुश शैलीमा आफ्नो पक्षका नेतालाई कार्वाही गरेको भन्दै भट्टराईले अध्यक्षको निरंकुशता सहेर बस्न नसकिने बताएका थिए । श्रेष्ठसंग भट्टराईले पार्टीको रुपान्तरण र नयाँ शक्ति गठनमा मद्दत मागेका थिए ।

भट्टराईलाइ भेटेलगत्तै लाजिम्पाट पुगेका उपाध्यक्ष श्रेष्ठले प्रचण्डसामु बाबुराम पक्षीय नेतामाथी गरिएको कार्वाही फीर्ता गर्न आग्रह गरेका थिए । श्रेष्ठको प्रस्तावमा प्रचण्ड सकारात्मक रहेको माओवादी स्रोतले जनाएको छ ।

यसैबीच, नेता भट्टराईले शनिवार पनि अध्यक्ष प्रचण्डसंग पार्टी भीत्र देखिएको पछिल्लो विबाद बारे परामर्श गरेका छन् । उनले शुक्रबारुपनि प्रचण्डसंग छलफल गरेका थिए ।

चितवनमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले बाबुराम र आफूबीचको विबाद ‘दूध-भात’ जस्तो भनि टिप्पणी गरेका थिए ।


  •  
  •  
  •