दाङ, २ असार (ओएनएस) । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई नेता हुँ भन्न लाज लाग्ने गरेको बताएका छन् ।
दाङमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारका काम कारबाहीले नेता हुँ भन्न लाज लाग्ने अवस्था भएको टिप्पणी गरे ।
उनले कांग्रेस र एमालेकै कारण राजनितिक पार्टी हुँ र दलको नेता हुँ भन्नेसम्म लाजलाग्ने अवस्था उत्पन्न भएको बताए । उनले २६ जना सभासद मनोनयनमा ढिलाई भएकोमा सरकारको आलोचना गरेका थिए । उनले आफ्नो पार्टीले माओवाद विचारसँग नजिक पार्टीहरुसँग कार्यगत एकता गर्ने तयारी गरिरहेको बताए ।