नारायणगढ –मुग्लिन सडकखण्ड एकतर्फी मात्र सञ्चालन

374
  •  
  •  
  •  

चितवन । नारायणगढ –मुग्लिन सडकखण्डमा पहिरो गएपछि एकतर्फी मात्र सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो गएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे यो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुईरतीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । यो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।


  •  
  •  
  •