स्थानीय निर्वाचनको बाहनामा संसदको निर्वाचनको तयारी : बिजुक्छें

133
  •  
  •  
  •  

narayanman bijukchheकाठमाडौँ, १ पुस (ओएनएस) : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतको इसारामा छिट्टै सरकारको समीकरण परिवर्तन हुने दाबी गरेका छन् ।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष बिजसक्छेंले भारतको इसारामा केपी ओलीको नेतृत्वमा सरकारको प्रस्ताव आउने र ओलीले अस्वीकार गरेमा शेरबहादुर देउवाको नेतृत्वमा सरकारको समीकरण देखिने दाबी गरेका हुन् ।

सरकार स्थानीय तहको निर्वाचन नगर्ने योजनामा नरहेको उनले बताए । सरकारकै कारण स्थानीय तहको निर्वाचन नहुने जिकिर गर्दै बिजुक्छेंले स्थानीय तहको निर्वाचनको बाहनामा संसदको निर्वाचन गर्ने तयारीमा सरकार जुटेको बताए ।

नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउनु पर्ने बताउदै बिजुक्छेंले भने, ‘भारतले नैतिकताको आधारमा भए पनि फिर्ता बोलाउनु पर्ने हो । रेले कुटनीति मर्यादाको विपरित काम गरेका छन्, हेपाहा प्रबृति छ ।’


  •  
  •  
  •