भारतको नाकाबन्दी सिंहदरबार कब्जाको रणनीति : बिजुक्छें

143
  •  
  •  
  •  

narayanman bijukchheभक्तपुर, १५ कात्तिक(ओएनएस) : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतको नाकाबन्दी सिंहदरबार कब्जाको रणनीति भएको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेंले दक्षिणले गरेको अघोषित नाकाबन्दी पहिला संविधानमा हेरफेर गर्ने र नयाँ भारतीयहरुलाई देशका मुख्य पदमा पुर्‍याउनका साथै तराईलाई आफ्नो स्प्रिग बोर्डका रूपमा प्रयोग गरेर देश कब्जा गर्ने रणनीति रहेको बताए ।

उत्तरतर्फको छिमेकीसँग सरकारले अनुदानका रूपमा मात्र इन्धनको माग गरेको र तत्कालका लागि चीनले अनुदान उपलब्ध गराएता पनि न्यूनतम पाँच बर्षसम्मका लागि अर्को सम्झौता नगरे दीर्घकालिन समस्या रहिरहने उनको टिप्पणी थियो । पाँच वर्षसम्मको समझौता नगरिए पाइप लाईन बिस्तारमा चीनले आफ्नो लगानी नगर्ने सम्भावना अत्याधिक रहेको उनले बताए ।

विगतका सहमतिको पालना हुन नसकेपछि नेपाली राजनीतिमा नयाँ समिकरण र नयाँ ध्रुविकरण देखा परेको बताउँदै बिजुक्छेंले भने, ‘नेपाली काँग्रेस अब प्रतिपक्षमै बसरे यो सरकारका गलत कामलाई रोक्दै र राम्रा कामलाई साथ दिए देशले परिवर्तनको महशुस गर्ने छ ।’

माले, मशाले र मन्डलेहरुको यो संयुक्त सरकाले देशको हित गरेसम्म ठिकै हुने भएता पनि देशको अहित गरे यो सरकारको पनि आयु लामो नहुने बिजुक्छेंको दाबी थियो ।

तराई अन्दोलनमा कामदार वर्गको भन्दा पनि तस्कर र कालाबजारियाहरुको बाहुल्यता रहेकाले कामदार वर्गको हितमा कुनै काम नगर्ने देखिएको बताउँदै आन्दोलनका नेतृत्वले कुनै लिखित माग नराख्नुले उनीहरुको नियत स्पष्ट रहेको बिजुक्छेंको भनाई छ ।

‘इन्धनको अभावमा कालोबजारी बढेको छ भने यति बेला नेपाली वनजंगल तस्करको सञ्जालमा सकिँदै छ तर, सरकारले नियन्त्रण गर्न सकेको छैन । यस्तो अवस्थामा नेपालीले सरकार नभएको महशुस गरेका छन् ।’, बिजुक्छेंले भने।

नेपाली राजनीतिमा कम्युनिष्ट पार्टीहरुको एकताको विषय हल्ला भएको भन्दै उनले भने, ‘राष्ट्रियतासँग जोडिएको राष्ट्रिय सरकारको एकता मात्र हो ।’


  •  
  •  
  •