काँग्रेस–एमालेको प्रस्तावमा केही संसोधन गरेर संविधान : मन्त्री खड्का

169
  •  
  •  
  •  

काठमाडौ, २ पुस (ओएनएस) शहरी विकासमन्त्री डा. नारायण खड्काले काँग्रेस र एमालेले संबाद समितिमार्फत संविधानसभामापठाएको साझा प्रस्तावमा केही संसोधनभएर नै नयाँ संविधानआउने ठोकुवा गरेका छन ।

मन्त्री खड्काले संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिले संविधान सभामा पठाएको प्रस्ताव फेरि फर्किएर समितिमा नआउने दावीगर्दै त्यसमा छलफल तथा सहमतिको लागिपहलगर्ने तर सहमितनभएउक्त प्रस्तावमा मतदान गराई प्रक्रियाबाटै संविधान जारी गर्ने स्पष्ट पारे ।

खड्काले भने–‘संबाद समितिले कुनै उपलब्धि हासिल गर्न सकेन । काँग्रेस र एमालेको प्रस्ताव पनि सामान्य जानकारीको लागिमात्रै भनेर पठायो तर यो फर्किए आउँदैन । प्रक्रियामा गएर टुङग्याईन्छ । पुससम्ममा जनतामा गएर फर्किसक्नु पर्नेमा अहिलेसम्म जनतामा जान सकेको छैन । अब यसलाई प्रक्रियाबाट टुङग्याउनुपर्छ ।’

उनले प्रस्ताव प्रक्रियामा गएपनि मस्यौदा नबनुन्जेल सम्म सहमतिको प्रयास भने जारी रहने स्पष्ट पार्दै भने–‘सहमति नभए प्रक्रियामा जान एमाओवादी र मधेसवादी डराउनु हुँदैन । पछि दुई तिहाई बहुमत ल्याएर आफू अनुकुल संसोधन गर्न सक्छौ भन्ने हिम्मत राख्नुपर्छ ।’


  •  
  •  
  •