‘प्रचण्ड रुपान्तरण नहुने हो भने म पनि सँगै बस्दिन’

289
  •  
  •  
  •  

एकीकृत नेकपा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीचको विवाद अहिले ‘द्धन्द्धविराम’मा छ । पार्टी एकताको सहमतिका नाममा तत्काल फरक–फरक गरिरहेका गतिविधी बन्द गरिएका छन् । दुईजनाको बीचमा मध्यस्थताको भूमिकामा  लागे पनि  उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भट्टराई , दाहाल दुवैको कार्यशैली पटक्कै चित्त बुझेको छैन । त्यसैले उनले एमाओवादी रुपान्तरण हुने कि सकिने भन्ने दुई बिकल्प अगाडि सार्दै आएका छन् । एमाओवादी पार्टीको समग्र अवस्था र यस भित्रको बिवादमा केन्द्रीत भई   ओएनएस न्यूजका लागि सरोज दाहालले गरेको कुराकानीको संक्षेप

एनेकपा माओवादी कमजोर बन्दै जानुमा तपाईको बिश्लेषण के छ ?

पार्टीमा बैचारिक स्तर अपेक्षाकृत रुममा कमजोर र साँस्कृृतिक स्तरमा त झनै कमजोर भयो । त्यसले गर्दा पार्टी रुपान्तरणमा समस्या देखा पर्यो । म व्यक्तिगत रुपमा पुर्वपीएलएका साथीहरुलाई दोष दिन्न । उहाँहरुले एकहदसम्म लड्नु भयो । तर, पुर्व पिएलएकै साथीहरुमा विकृति विसंगतिहरु देखा परे । हामीले ओरन्टेशन ठिक गरेनौ भन्ने हो । पार्टीले ठिक ढंगले बैचारिक, सास्कृतिक स्तरलाई बढाउने कामलाई बेवास्ता गर्यो । जसको मार आज पार्टीले व्यहोर्नु परेको छ । त्यसकारण समस्या अहिले रुपान्तरणको हो । कम्युनिष्ट आदर्श मुल्यमान्यतामा अगाडि बढ्ने कुरामा समस्या छ । बैचारिक लाईन क्रान्तिकारी मानिदिने तर, समग्रतामा माक्र्सवादलाई आर्दश मानेर आफ्नो आचरण सुधार गर्ने कुरा नै मुख्य समस्याका रुपमा देखा परेको छ । हामी अरु भन्दा कसरी फरक छौं भन्ने कुरा न सरकारमा भएको बेला त्यो अनुसारको काम हुन सक्यो । नत अहिले नै भएको छ । कुनै एउटा पक्षमा मात्र समस्या होइन् । शान्ति प्रक्रियामा आइसकेपछि मुलुकलाई परिवर्तनको अवस्थामा कसरी अगाडि लैजाने भन्ने विषयमा नै पार्टीले ध्यान दिन सक्यो नत अहिले नै त्यस दिशातिर पार्टी गएको छ । अर्को कुरा राजनीतिक नीतिमा पनि निरन्तरता र स्पष्टतामा समस्या देखापर्यो । मुख्य समस्या नै यिनै हुन ।

यि मात्रै हुन् कि बाह्य अन्य कारण पनि छन् ?

माओवादीसँग अपेक्षा बढी नै थियो । त्यो अपेक्षा पुरा नभएका कारण पनि माओवादी खत्तम हो भन्ने जनतालाई लाग्यो । अर्को यर्थाथ के हो भने, माओवादी क्रान्तिकारी पार्टी भएका कारण आफ्नो आचरण, भुमिका प्रदर्शन हुन कसेको छैन् । किन भने वर्ग दृष्टिकोण र बर्ग निष्ठामा नै कमजोरी रह्यो । जुन वर्गले हामीलाई यँहा पुर्यायो, त्यो वर्गसँग एकाकार हुने कुरामा देखिएको कमजोरी नै अहिलेको प्रमुख समस्या हो । अर्को कुरा, राष्ट्रियताका विषयमा हाम्रो केही कमजोरी भयो । त्यसले हामीलाई अप्ठ्यारो स्थितिमा पुर्यायो । राष्ट्रियताका विषयमा केही अस्थिरता, विचलन र केही चुक्ने काम भयो । व्यक्तिगत स्वार्थका कारण नै त नभनौं तर, विष्लेशण गर्दा यो पार्टीको हित जसरी हुन्छ भन्ने सोचियो वा यो प्रक्रियाको हित जसरी हुन्छ भन्ने सोचियो त्यो नै गलत थियो । आवश्यता हामीले नै नेपालको बारेमा फैशला गर्ने थियो । नेपालको अहिलेको सक्रणकाललाई अन्त्य गर्ने नाममा बाह्य शक्तिको सहयोग लिने नाममा हामीलाई नराम्रो ठाउँमा पुर्याइयो । त्यसले पार्टीलाई बदनाम गरायो । नेपाल राष्ट्रको पनि अहित गर्यो ।

10592128_10152706091158825_818749163_n
अहिलेको बाबुरामजीहरुको गतिविधिले फुटको दिशातिर नै उहाँहरु जानु भएको देखिन्छ । तर बाबुरामजीलाई मेरो भनाई केहो भने पार्टी बनाएपछि एउटा विधिमा बस्नुपर्छ । तर हामीले एकता को निम्ति प्रयत्न गर्नुपर्छ र गरि पनि रहेका छौँ । नत्र हामी अर्कोपटक पछुताउनुपर्छ ।

यत्रो समस्या भएको पार्टीमा एकिकरण गरिएछ भनेर तपाईलाई पनि पछुतो त लागेको होला हैन ?

पार्टी एकता गरेर हामीले एकदम सही गर्यौं । त्यसमा कुनै पछुतो हुने कुरा भएन् । अहिले त झन सबै कम्युनिष्ट पार्टीहरुको एउटै केन्द्र बनाउने भनेर कुरा चलिरहेको पनि छ । सकेसम्म नजिकका कम्युनिष्ट पार्टीबीच एउटै केन्द्र बनाएर नेपालको क्रान्तिलाई अगाडि बढाउनुपर्छ भन्ने नै हो । यसकारण पार्टी एकता गरेर ठिक काम गरियो भन्ने नै हो । तर, पार्टी एकता भइसकेपछि जुन ढंगले काम हुनुपर्ने थियो, त्यो ढंगले काम हुन नसकेको भने सत्य हो । हामीले ठिक ढंगले शान्ति प्रक्रियामा आएपछि पार्टी संचालन गरेको भए नेपालको नेतृृत्व धेरैै समयसम्म हामीले गर्न सकिन्थ्यो । त्यो चाँही सबैलाई खड्किने विषय भइरहेको छ ।

तर तपाई आए पछि बैद्यजीहरु बाहिरिनु भयो, बाबुरामजीले पनि तपाईलाई च्यापेको भनेर अध्यक्षलाई आरोप लगाउदै आउनुभएको छ भनेपछि त एमाओवादी कमजोर बन्नुमा तपाईको भुमिका पनि रैछ हैन ?

हैन त्यसमा प्रष्टै छ । किरणजीहरुसँग हाम्रो मुख्य वहश भनेको बैचारिक राजनीतिक मतभेद नै हो । उहाँहरु अलि अतिमा जानु भयो । अलि बस्तुनिष्ठ हुनसक्नुहन्न भन्ने मलाई लाग्छ । कतिपय संगठनभित्रका कुराहरुमा पार्टीभित्र नोकरशाही प्रबृत्ति हावी भयो भन्ने कुरामा हामी सहमत थियांै । तर पनि बैचारिक लाईनमै मतभेद भयो । यो कुरा लुकाएको पनि छैन । लुकाएर पनि लुक्दैन् । अर्को, जहाँसम्म बाबुरामजीको कुरा छ, उहाँसँग आधारभुत बैचारिक कुरा मिल्छ । तर माक्र्सवाद र नवउदारवाद मिलाएर नया शक्ति बनाउने भनेपछि कुरा मिल्दैन् । हामी माक्र्सवादलाई विकास गर्नै पर्छ भन्ने पक्षमा छौं । माक्र्सवादलाई विकास गर्ने भनेको माक्र्सवादलाई नै विकास गर्ने हो । त्यसमा पुजिवाद मिसाउने भनेको होइन् । उहाँको प्रस्तुतीले त्यस्तै भाव व्यक्त गरेको छ । यसमा म सहमत हुन सक्दिन । फेरि हामीसँग उहाँले मैले पनि माक्र्सवादकै विकास गर्ने भनेको हो भन्नु भएको छ । त्यसो हो भने त सहमत गर्न सकिन्छ ।

अहिले बैचारिक कुरा निकाले पनि अध्यक्षसँग मिलेर बाबुरामजीहरुलाई पेल्न त खोजेको हो नी ?

त्यस्तो होइन मेरो अध्यक्षसँग सबै कुरा मिल्छ भन्ने होइन । उहाँसँग त मेरा झन् असन्तुष्टि धेरै छन् । तर बाबुरामजीलाई मेरो भनाई केहो भने पार्टी बनाएपछि एउटा विधिमा बस्नुपर्छ । विधिको विकास गरौं विकास गरेको विधिमा पनि बस्नै पर्छ । एउटा भत्काएर अर्को बनाएपनि विधिमा त बस्नैपर्छ । यसैगरी भिन्न मत उहाँले राख्दै आउनु भयो । कतिपय भिन्न मत हुनभएको कारणले कति प्रताडित हुनुभयो होला भन्ने पनि लाग्छ । तर उहाँको एउटा कमजोरी के छ भने आफू भिन्न मत राख्ने तर उहाँले राखेको भिन्नमतप्रति कसैले भिन्न मत राख्यो भने कति असशिहष्णु बन्नुहुन्छ । मैले यो कुरा उहाँलाई पनि केन्द्रीय कमिटीको बैठकमा पनि भनेको छु ।

अध्यक्ष ‘प्रचण्ड’सँग चाँही तपाईको सम्बन्ध कस्तो छ नी ?

अध्यक्ष प्रचण्डसँग हामी बैचारिक राजनीतिक लाइनमा एकै ठाउँमा त छौं । बैचारिक राजनीतिक लाइनमा भएपनि हामी अब सधैंसँगै हुन्छौ भन्ने होइन । त्यो माक्र्सवाद नै होइन् । कुनै विषयमा मलाई बेठिक लाग्छ भने मैले अध्यक्षको विरोध गर्छु अनि अरुलाई के लाग्छ भने अध्यक्षको पक्षधर पनि हुने अनि विरोध पनि गर्ने भन्ने लाग्छ । शत प्रतिशत समर्थन नगरेको भन्दै मेरो विरोध हुन्छ । त्यस प्रबृतिमाथि म संघर्ष गर्दै छु । अध्यक्षले पनि बेला बेलामा त्यस्ता प्रबृत्ति देखाउनु हुन्छ । मेरो र बाबुरामको विचार मिल्यो भने के बाँचुनजेल बाबुरामसँग जाने हो र । अहिले मेरो र अध्यक्षको विचार मिलेको छ । त्यसो भए मैले अध्यक्षको विरोध गर्नै नहुने हो र ? सबै विषयमा मिल्छ भन्ने होइन । त्यो माक्र्सवाद नै होइन् । अस्थायी शिविर र गुटबन्दीको विरोधी मान्छे हो ।

तपाईको कुरा सुन्दा र पछिल्लो समयमा बाबुरामजीको अडान हेर्दा एमाओवादी त फेरी फुटको  बाटोमा गए जस्तो लाग्यो नी ?

अहिलेको बाबुरामजीहरुको गतिविधिले फुटको दीशातिर नै उहाँहरु जानु भएको देखिन्छ । तर हामीले एकता को निम्ति प्रयत्न गर्नुपर्छ र गरि पनि रहेका छौँ । नत्र हामी अर्कोपटक पछुताउनुपर्छ । हाम्रो पार्टीलाई अहित हुने काम किन भइरहेको छ भन्ने कुराको खोजी हुनुपर्छ ।

अब वर्गबिभेद पार्टीमा भएको छ, त्यसलाई समाधान गर्नुपर्छ । आर्थिक कुरा पारदर्शी बनाउनु पर्छ । अध्यक्षले नै विधिको पालना गर्नुपर्छ । मैले अहिले सार्वजनिक यातायातको साधन प्रयोग गरेको  कम्युनिष्ट पार्टीले निजी गाडी चढ्नु हुन्नभनेर होइन कि मेरो यो अभियान हो । विधि बनाएर गाडि चड्नु पर्छ ।

बाबुरामजीहरु फुटेर गए पनि बैद्यजीहरु ल्याएर त्यो ठाउँ भर्ने तर्क अध्यक्ष निकटक नेताहरुको छ नी त ?

हल्का ढंगले भ्रम पार्ने काम गर्नु हुन्न । अहिले नै एकताको वैचारिक राजनीतिक आधार तयार भइसकेको छैन । लाइन मिलाएर मात्र एकता गर्ने हो । प्रयत्न गर्ने कुरा हो । बाबुरामजीहरु फुटिसक्नु भएको छैन् । आधार भुत राजनीतिक बैचारिक कुरामा सँगै छौं भन्ने हो । तर पनि सांगठनिक मुद्दाले गर्दाखेरि फुटउन्मुख छ । अब हाम्रो प्रयत्न भनेको एकताबद्ध बनाएर राख्ने हो ।

अव, बैद्य र बाबुरामजीले छोडेपछि त प्रचण्ड’लाई छोड्ने पालो तपाईको हो की क्या हो ? 

सबैभन्दा पहिला लाइन त मिल्नुपर्यो । लाईनमिल्दासम्म त सँगै बस्ने हो । लाइन मिलेरमात्र हुँदैन् । लाइनमा एकता हो भन्ने कुरा ब्यवहारमा पनि देखिनु पर्यो । दस्तावेजमा, लाईनमा एकता भएरमात्र हुदैन् रुपान्तरणको प्रक्रियामा गयो भने कुरा मिल्छ । नत्र मिल्दैन् ।

पाईले भनेको रुपान्तरण के हो ?

हामीले त ठोस कुरा नै राखेका छौं । एउटा वर्गसँग भन्दा अरु वर्गसँग उठबस गर्ने काम छोडेर आफ्नो वर्गसँग एकाकार हुनुपर्छ । अर्को कुरा नेपालको निर्णय हामी आफैंले लिनुपर्छ । अरुबाट प्रभावित हुन छोड्नुपर्छ । पार्टीले पारित गरेको कार्यदिशा परिवर्तन गर्नु भएन् । कार्यदिशा एउटा पारित गर्ने अनि त्यसको अपव्याख्या गर्ने काम गर्नु भएन । अब वर्गबिभेद पार्टीमा भएको छ, त्यसलाई समाधान गर्नुपर्छ । आर्थिक कुरा पारदर्शी बनाउनु पर्छ । अध्यक्षले नै विधिको पालना गर्नुपर्छ । मैले अहिले सार्वजनिक यातायातको साधन प्रयोग गरेको े कम्युनिष्ट पार्टीले निजी गाडी चढ्नु हुन्नभनेर होइन कि मेरो यो अभियान हो । विधि बनाएर गाडि चड्नु पर्छ । सबैकुरामा बिधिबन्नुपर्छ भन्ने मेरो भनाई हो । अर्को कुरा क्षमता भएको व्यक्तिले मात्र भुमिका पाउनु पर्छ । यि कुराहरु भयोभने मात्र रुपान्तरण हुनसक्छ र सँगसँगै जान सकिन्छ ।


  •  
  •  
  •