‘नारायाणगोपाल संगीत पुरस्कार’ दाहाल र निरौलालाई

40
  •  
  •  
  •  

काठमाडौं । यस वर्षको ‘नारायाणगोपाल युवा संगीत पुरस्कार’ युवा गायक आशिष दाहाल र मीना निरौलालाई प्रदान गर्ने भएको छ ।

वरिष्ठ संगीतकार दीपक जंगम संयोजकत्वको पुरस्कार छनोट समितिको सिफारिसका आधारमा सो निर्णय गरिएको राष्ट्रिय युवा सेवा कोषले जनाएको छ । सो पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

यसैगरी ५० हजार रुपैयाँ राशिकै ‘अरनिको युवा कला पुरस्कार’ यस वर्षका लागि युवा कलाकारद्वय विजय महर्जन र सविता डंगोेललाई प्रदान गरिने कोषका सदस्यसचिव शंकरप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त पुरस्कार चयनका लागि वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।


  •  
  •  
  •