नारायणगोपालको स्मृति दिवस मनाइदै

271
  •  
  •  
  •  

काठमाडौं १९ मंसिर (ओएनएस):
स्वरसम्राट नारायणगोपालको आज २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । देशभर उनको सम्झनामा बिभिन्न कार्यक्रमहरु गरिदैछ । विक्रम संवत १९९६ मा बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट काठमाडौमा जन्मिएका गायक नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।

१ सय ५७ वटा नेपाली गीत गाएका नारायणगोपाल नेपालका सबैभन्दा सफल आधुनिक गायक हुन । सर्वोत्तम संगीतकार, सर्वोत्तम गायक, रत्न रेकर्ड पुरस्कार, गोरखा दक्षिण बाहु, चौथो लगायत थुप्रै पुरस्कारबाट स्वर सम्राट नारायण गोपाललाई सम्मान गरिएको छ । घरमा सांगितिक वातावरण्ँमा हुर्केका नारायण्ँगोपालले २०१७ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराए ।
उहाँका एउटा मान्छेको मायाले कति ‘मलाई नसोध कहा दुख्छ घाउ, दुईटा फुल देउरालीमा, जुन फुल मैले रोजेको थिए कसैले टिपेछ, पखि र्बसे आउला भनी लगायतका थुप्रै गीत अहिलेपनि लोकप्रिय छन ।


  •  
  •  
  •  

Comments are closed.