डिभिजन–२ को लागि १८ सदस्यीय प्रारम्भिक क्रिकेट टिम घोषणा

260
  •  
  •  
  •  

काठमाडौं, १९ मंसिर (ओएनएस)  : नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जनावरीमा हुने डिभिजन–२ को लागि १८ सदस्यीय प्रारम्भिक क्रिकेट टिम घोषणा गरेको छ ।

प्रारम्भिक टिममा  पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, नरेश बुढायर, सागर पुन, शक्ति गौचन, मेहबुब आलम, विनोद भण्डारी र शदर भेसवाकर, सोमपाल कामी, वसन्त रेग्मी, अमृत भट्टराई, राहुल विक, भुवन कार्की, आरिफ शेख र करण केसी छन् ।

यी खेलाडीहरुबाट बन्द प्रशिक्षणको लागि १४ खेलाडी छनोट गर्ने क्यानले जनाएको छ । बन्द प्रशिक्षण डिसेम्बर १५ बाट सुरु हुनेछ । टीमलाई तयारीका लागि जनवरी ३ मा दक्षिण अफ्रिका पठाउने क्यानले बिहिबार मात्र निर्णय गरेको थियो ।


  •  
  •  
  •