नेकपाभित्र नेताहरुबारे सार्वजनिक टिकाटिप्पणी गरे कारवाही

219
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले नेता तथा कार्यकर्ताले नेताहरुको व्यक्तिगत विषयमा सार्वजनिक रुपमा टिप्पणी गर्न बन्देज लगाएको छ ।

सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सचिवालयको बैठकले कसैबारे व्यक्तिगत टिकाटिप्पणी पार्टीभित्र गर्नुपर्ने र बाहिर गरिए कारवाही गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको केन्द्रदेखि तल्लो तहसम्मका पार्टीको नेता वा कार्यकर्ताले कुनै कुरा उठाउनु परे त्यसलाई पार्टीभित्र तथ्यसंगत ढंगले वा आफूलाई लागेको कुराहरु उठाउनुपर्ने बताए ।

उनले त्यस्ता कुरालाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रियाबाट अघि बढाउँदै आवश्यक कारवाही गरिने छ ।


  •  
  •  
  •