नायोमी बनिन् इण्डियाना वेल्सको उपाधि चुम्ने कान्छी खेलाडी

381
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (एजेनसी) : अमेरिकामा भएको इण्डियाना वेल्स टेनिसको महिलातर्फको उपाधि जापानी खेलाडी नायोमी ओसाकाले हात पारेकी छिन्।

वरियता बिहीन ओसाकाले फाइनलमा रसियन खेलाडी डारीया कासात्किनालाई हराउँदै नायोमीले करियरको पहिलो उपाधि उचालेकी हुन्।

क्यालिफोर्नियामा भएको खेलमा ओसाकाले डारीयालाई दुई शुन्यको सोझो सेटमा हराइन्। २० वर्षे ओसाकाले उत्कृष्ट प्रदर्शन गर्दैै पहिलो सेटमा ६–३ को जित निकालिन्।

दोस्रो सेटमा पनि राम्रो लय समातेकी ओसाकाले डारीयालाई खेलमा फर्कने मौका नै नदिई ६–२ ले खेल आफ्नो पक्षमा पारिन र करियरको पहिलो उपाधि उचालिन।

यसका साथै ओसाका इन्डियाना वेल्सको उपाधि जित्ने सबै भन्दा कान्छी खेलाडी बनेकी छिन्। करिव एक दशक अगाडि एना इभानोभिच कम उमेरमा उपाधि जित्ने खेलाडी बनेकी थिइन्।

यो प्रतियोगितामा मात्र एक सेट हारेकी ओसाकाले मारिया सारापोभा, कारोलिना पिल्सकोभा र विश्व वरियतामा शिर्ष स्थानमा रहेकी सिमाना हलेपलाई पराजित गरेकी थिइन्।


  •  
  •  
  •