काठमाडौं, ६ असोज (ओएनएस) लामो समयदेखि आमरण अनसनमा बसेका नन्दप्रसाद अधिकारीको मृत्यु भएको छ । ४ बजेर २४ मिनेटमा मृत्यु भएको हो । चिकित्सकले मृत्यु भएको घोषणा गरिसकेका छन् ।
अधिकारी छोराको हत्यामा संलग्नलाई कारबाही माग गर्दै ११ महिनादेखि आमरण अनशनरत थिए । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै ३३२ दिनदेखि अमरण अनशनमा रहेका गोरखा फुजेलका नन्दप्रसादको सोमबार दिउँसो बीर अस्पतलामा निधन भएको हो । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग गर्दै उनी गत कात्तिक ८ गतेदेखि श्रीमतीसहित अनसनमा थिए । पछिल्ला दिनमा दम्पतीको स्वास्थ्य पूरै खराव भएको थियो ।
वीर अस्पतालमा उपचाररत अधिकारीको सोमवार साँझ निधन भएको हो । सँगै असनशमा बसेकी श्रीमति नन्दमाया अधिकारीको अवस्था गंभिर रहेको अस्पतालले जनाएको छ । अस्पाल स्रोतका अनुसार कार्डियो पल्मोनरी फेलियरका कारण निधन भएको हो ।
अधिकारीको स्वास्थ्यस्थिति गंभिर भएपछि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक , प्रधानमन्त्री कार्यालयका उपसचिव विनोदकुमार गौतम अधिकारीकर्मीहरु सुवोधराज प्याकुरेल र कनकमणी दिक्षित अस्पताल पुगेका थिए ।
लामोसमयदेखि अन्न पानी त्याग गरेका अधिकारी दम्पत्तिलाई अक्सिजन र काँटीनेत प्वाल पारेर नलीबाट खाने कुरा दिएर चिकित्सकले बचाउँदै आएका थिए ।
अधिकारी दम्पत्तिले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारवाहीको माग गर्दै अनशन बसेका थिए । उनका छोराको ०६१ साल जेठ गते तत्कालीन विद्रोही माओवादीले हत्या गरेको थियो ।
शरीरमा शक्ति दिन पाइप लगाएर नसामार्फत दिइएको पोषण पनि अधिकारीको शरीरले लिन सकेको थिएन। अस्पतालले साउन ९ गते अधिकारी दम्पत्तिलाई बचाउ नसकिने बताइसकेको थियो।
नन्दप्रसाद अधिकारीका पत्नी गंगामाया अधिकारीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । यसैबिच, नन्दप्रसाद अधिकारीको शवलाई वीर अस्पतालबाट पोष्ट मार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।