अभिनेत्री नम्रता अब गायिका बन्ने

102
  •  
  •  
  •  

अभिनेत्री नम्रता श्रेष्ठको परिचयमा अब गायिका पनि थपिएको छ । नम्रताले गायन बिधाकै लागी कुनै गीत रेकर्ड नगराएको भए पनि ‘स्टेज सो’ मा गीत गाउन लागेकी हुन् ।

आफ्नै कम्पनि ‘हाइली हाई र अपारेल कम्पनि भुटु इन्टरटेनमेन्टलेगर्न लागेको कन्सर्टमा नम्रताले गीत गाएर धमाकेदार प्रस्तुती दर्शकमाझ राख्नेछिन् । जसको लागी पहिलो अवसर पोखरेली दर्शकले पोखरामा हुने कन्सर्टमा सेप्टेम्बर २० मा पाउनेछन् भने लगत्तै अर्को शनिवार नम्रताले काठमाडौंमा हुने कन्सर्टमा पनि गीत गाउनेछिन् ।

कन्सर्टमा गीत प्रस्तुत गर्न नम्रताले अरु नै गायकको शब्द सापटी लिनेछिन् भने उनलाई पछिल्लो चलचित्र ‘ताण्डव’मा सँगै काम गरेका अभिनेता तथा र्‍यापर शिशिर राना र अर्का र्‍यापर गिरिश खतिवडाले साथ दिनेछन् ।


  •  
  •  
  •