बहिरा र अपांगलाई नम्रताको हौसला

204
  •  
  •  
  •  

काठमाडौं, २३ जेठ – अभिनेत्री नम्रता श्रेष्टले यस बर्षको विश्व वातावरण दिवस बहिरा उच्च माध्यमिक स्कुलका भाइबहिनी सग मनाएकी छ्न् । उक्त विधालयदा चिया गफ टिमले आयोजना गरेको ‘पानी रग चित्रकनाचित्रकला प्रतियोगीतामा उत्कृष्ट  हुनेलाई पुरस्कर वितरण गर्दै नम्रताले भनिन्, ‘यो वातावरण दिवस मेरा लागी अवस्मरणीय बनेकोछ ।’

प्रतियोगितामा १९ युवाहरुले सहभागिता जनाएका थिए। ‘विश्व संरक्षणका लागि चित्रकला, स्वस्थ पृथ्वी हाम्रो अधिकार’ थिममा प्रतियोगीहरुले चित्रहरु तयार गरेका थिए। कार्यक्रमको आयोजना चिया गफ टिम र रोट्याक्टर क्लव अफ भरतपुरले संयुक्त रुपमा गरेको थियो। गायिका शशि रावलले  प्रतियोगीहरुलाई चित्र तयार गर्न सहयोग गरेकी थिइन्। ”बहिरा र अपागं युवाहरुको चित्रकलाको तयार गर्ने खुबी उत्कृष्ट लाग्यो।

उनीहरुले तयार गरेको चित्रकलाहरु बिक्री गर्न सकियो भने आयोजक र प्रतियोगीहरुलाई प्रोत्साहन मिल्छ। यस्ता कार्यक्रममा सहभागि हुदा ‘कन्सर्टमा आउन नसकेको युवाहरुका बारे बुझ्न अवसर पाइन्छ,’ उनले भनिन्।


  •  
  •  
  •