नाम्लाेकाे राेदन

84
  •  
  •  
  •  

पहिले
नाम्लाे र बरियाेकाे मिलनबाट
पूर्णता पाएकाे “म”
हिजाेदेखि आजसम्म
आकार र स्वरुप बदलियाे
तर
कर्म कहिल्यै बदलिन सकेन
यथास्थितिमा
म आफ्नाे कर्म गरिरहदा
धेरै प्रश्नहरुकाे उत्तर खाेजिन्छ
पाताेलाई कति बाेझ पर्याे ?
बरियाेलाई साेध
बरियाेकाे बाेझ कति ?
थाप्लाेलाई साेध
थाप्लाेकाे बाेझ नि ?
पसिनाकाे थाेपालाई साेध
साेध्दा साेध्दै
पसिनाका थाेपाहरु माटाेमा तप्प चुहिन्छन्
साेसिन्छन् माटोमा
अनुत्तरित प्रश्नहरुकाे देहवसान हुन्थ्यो

दुर्गा कंडेल (छत्कुली)

तर अहिले
नत प्रश्नहरु जन्मेका छन्
नजन्मेका प्रश्नहरुकाे अन्त्य हुने सवालै रहेन
महामारीकाे त्रासदि संगै
लकडाउन केही खुकुलाे हुन्छ
अनि न्यूरोडका पेटीमा
एकहुल नाम्लाेहरु
फ्नाे बरियाेले फैलाई बेरि
चुपचाप बसि
हरेकले भनिरहेकाे भास हुन्थ्याे
अब त मलाई गतिशील बनाउ
म तन्किन चाहन्छु
म घाेटिएर, खिईन चाहन्छु
तन्किनु घाेटिनु र खिईनु संगसगै
मेराे मूल्य उठाएर
चुडिन चाहन्छु सदाका लागि

अनिमात्रै
मेराे ठाउँ पूरा गर्न
अर्काे नाम्लो अायात हुनेछ
लगानी गर्नेले मनग्य नाफा राख्नेछन्
सरकारलाई ताेकिएकाे समयमा
कर दाखिला गर्नेछन्
भरिया दाईले अर्को रुपमा
फेरि मलाई अाफ्नाे बनाउने छन्
सरकारी खाताहरु
भरिएको पेट झै टन्न हुनेछन्
फेरिनेछन् करोडौंका गलैचा र गाडीहरु

यहि परिवेशमा
फ्नै घरभित्र बसेका
हजारौं मानिसहरु त्महत्या गरिरहदा
फ्नाे बरियाेले फैलाई बेरिएर रहेकाे “म”
कतै त्महत्याकाे तयारीमा त छैन?
मलाई भास भैरहेछ

तसर्थ
मेराे विन्ति छ
हे सराेकारवाला मालिकहरु हाे
पुनः मलाई तन्किने ,घाेटिने र खिईने
वातावरण सिर्जना गर
मलाई साच्चिकै अात्महत्या गर्नु छैन
म जतिसक्दो चाडै
तन्किएर,घाेटिएर,खिईएर
चुडिन चाहन्छु
फेरि अर्को रुपमा
मेराे चक्र चलाउन चाहन्छु ।


  •  
  •  
  •