प्रधानन्यायाधीशमा कार्कीको नाम पुनः सिफारिस

131
  •  
  •  
  •  

sushila-karkiकाठमाडौँ, २० बैशाख(ओएनएस) : संवैधानिक परिषद्को आज बसेको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सुशीला कार्कीको नाम पुनः सिफारिस गरेको छ ।

यसअघि चैत २८ गते बसेको संवैधानिक परिषद्को बैठकल कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको थियो । सभामुख ओनसरी घर्ती मगर बिरामी भएका कारण परिषद्को बैठकमा अनुपस्थित भएको अवस्थामा कार्कीको नाम सिफारिस गरिएको भन्दै असन्तुष्टी जनाउँदै आएकी थिइन् । यता, प्रधानमन्त्री केपी ओलीले अस्पताल पुगेर सभामुखको सहमति लिएर कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको बताएका थिए ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि परिषदले कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

सभामुख घर्तीको उपस्थितिमा सोमबार बिहान बसेको परिषदको बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम पुनः सिफारिस गरेको हो । परिषदले कार्कीको नाम सिफारिस गरेपनि संसदीय सुनुवाई समिति नहुँदा कार्की प्रधानन्यायाधीशमा नियुक्त हुन पाएकी छैनन् ।


  •  
  •  
  •