नख्खु कारागारमा कैदीबन्दीबीच झडप, एक जनाको मृत्यु

393
  •  
  •  
  •  

काठमाडौं । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।

झडपमा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको झडपमा मृत्यु हुनेमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजी रहेका छन् ।

झडपपछि गम्भीर घाइते रहेका उनलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
पूर्णबहादुर करणी मुद्दाका जेल जीवन विताइरहेका थिए ।

उनलाई ज्यान मुद्दाका कैदी तपन महतोले इटाले टाउकोमा प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।


  •  
  •  
  •