प्रशासनिक नक्सा सार्वजनिक

321
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओएनएस) : सरकारले संघीय संरचनाअनुसारको प्रशासनिक नक्सा बिहीबार सार्वजनिक गरेको छ ।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र सचिव गोपीनाथ मैनालीले संयुक्तरूपमा संघीय संरचनाअनुसारको प्रशासनिक नक्सा सार्वजनिक गरेका हुन् ।
नयाँ प्रशासनिक नक्सा एक सेन्टिमिटरको १० किलोमिटर र एक मिलिमिटरको एक किलोमिटर हुने गरी बनाइएको छ ।

नक्सामा प्रदेश, जिल्ला र मुख्य राजमार्गहरुलाई चित्रित गरिएको छ। नापी विभागका उपमहानिर्देशक प्रकाश जोशीको नेतृत्वमा नक्सा निर्माण तयार गर्न समिति समेत गठन गरेको थियो ।

समितिले नक्सा तयार गरी बिहीबार नै सरकारलाई बुझाएको थियो । समितिले तयार गरेको नक्सा बुझ्दै मन्त्री अर्यालले प्रदेशको नामसहितको नक्सा सार्वजनिक गर्न चाहेकोमा सो पूरा गर्न नसकेको बताइन् ।
तयार पारिएको नक्सामा ३ वटा प्रदेशको मात्र तथ्यांक रहेको मन्त्री अर्यालले बताइन् ।


  •  
  •  
  •