नख्खु बम विस्फोट घटनाका मुख्य योजनाकार पक्राउ

791
  •  
  •  
  •  

काठमाडौं, ३ वैशाख(ओएनएस) : ललितपुरको नख्खुमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले जुम्लाका वीर बहादुर कठायतलाई पक्राउ गरेको हो ।  अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार विप्लव नेतृत्वको नेकपाका सदस्य समेत रहेका कठायतलाई सुन्धाराबाट पक्राउ गरिएको हो ।

२०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो भने २ जना गम्भीर घाइते भएका थिए ।

नख्खु बम विस्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । २ जना भने अझैं फरार रहेका छन् ।

यस्तै फागुन १४ गते बसुन्धारास्थित नेपाल वैदेशिक रोजगार महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम राख्ने पनि कठायत रहेको प्रहरी अनुसनधानमा खुलेको एसपी राठौरले जानकारी दिएका छन् । उक्त विस्फोटमा ३ जना घाइते भएका थिए ।


  •  
  •  
  •