क्रोएसियाका खेलाडीको नांगो फोटो सार्वजनिक

207
  •  
  •  
  •  

काठमाडौं, ४ असार (एजेन्सी) : ब्राजिलसँग पहिलो खेल खेलेर पराजित हुँदाको रात क्रोएसियाका खेलाडी होटेलमा रहेको स्विमिङ पुलमा निर्वस्त्र भएर नुहाएका थिए। तर गोप्य रूपमा होटेलमा छिरेका फोटो पत्रकारले निर्वस्त्र अवस्थामा रहेका खेलाडीको तस्बिर लिए। ब्राजिलसँगको पराजयले निम्त्याएको दुख भन्दा यो दुख उनीहरुलाई झन् ठूलो भएको छ ।

तस्बिरहरु सञ्चारमाध्यममा छापिएपछि क्रोएसियाका खेलाडीहरु तनावमा छन् । खेलाडीले व्यक्तिगत जीवनमा आक्रमण गरेको भन्दै विश्वकप विषयमा पत्रकारसँग बोल्न अस्वीकार गरेका छन्।

क्रोएसियाका प्रशिक्षक निको कोभाकले पनि कुराकानी गर्न आफू बसिरहेको होटेलमा आएका पत्रकारसामु आक्रोश पोखे।


  •  
  •  
  •