तीन नग्न व्यक्ति होटेल छिरेर चोरे ६० वटा बर्गर

299
  •  
  •  
  •  

Beef_Burgersकाठमाडौ, १३ साउन(एजेन्सी): दक्षिणपश्चिम फ्लोरिडाको एक होटेलमा तीन नाङ्गा व्यक्तिहरूले बर्गर चोरी गरेका छन् । ती व्यक्तिहरूले एक होटेलमा छिरेर करिब ६० वटा बर्गर चोरेका हुन् ।

वेट्रेस न्यान्सी सानसेभेइरी उक्त दृश्य देखेपछि निकै लामो समयसम्म हासेकी थिइन् । बर्गर चोरी गर्ने ती तीन युवामध्ये दुई जना पूर्ण रूपमा नग्न थिए भने एक व्यक्ति पेन्टीमा थिए । ती सबै व्यक्तिहरू कलेजमा पढ्ने विद्यार्थी जस्ता उमेरका थिए ।

उक्त होटेलका व्यवस्थापक लोउ ब्याङ्गर्टले आफूले २७ वर्षको रेष्टुरेन्टको कामको इतिहासमा यस्तो अपराध नदेखेको बताएका छन् । उनीहरूले ६० वटा बर्गरसहित काउण्टरमा रहेको पैसा समेत चोरी गरेका छन् ।


  •  
  •  
  •