काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
महासचिव विष्णुप्रसाद पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सुझावसहित आइतबार पारित गरिएको हो ।
राष्ट्रिय सभागृहमा पाँच दिनदेखि बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै संगठन विभाग प्रमुख वामदेव गौतम पार्टीको उपाध्यक्ष भएका छन् । उनैलाई उपाध्यक्ष बनाउनका लागि नेकपाले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा ल्याएको थियो ।
यसअघि ६ पुसम स्थायी कमिटी बैठकले संगठन विभाग प्रमुख गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको थियो । बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । बैठकले नेताहरुको सुझावसहित उक्त प्रस्ताव पारित गरेसँगै वामदेव नेकपाका उपाध्यक्ष बन्ने बाटो खुल्ला भएको थियो । गत साउन २१ गते नै वामदेवलाई उपाध्य बनाउन नेकपा सचिवालयबाट निर्णय लिइएको थियो ।