आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

603
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
नेताहरुको कार्यब्यस्तता र अध्यक्ष पुष्पकमल दाहालले बैठकका लागि गर्नुपर्ने तयारी पूरा नभएकाले बैठक स्थगित भएको जनाइएको छ ।

स्थगित बैठक शनिवार या आइतबार राख्ने अध्यक्ष दाहालको तयारी छ । सचिवालय बैठकमा स्थायी कमिटी बैठकको कार्यसूची, उपचुनावको समीक्षा, बाँकी रहेका सांगठनिक कार्यका साथै सभामुखको उम्मेदवारका विषयमा छलफल गर्ने नेकपाको तयारी छ ।

नेकपाको केन्द्रीय विभाग र आयोगले प्रमुख र उपप्रमुखबाहेकको पूर्णता पाउन सकेको छैन । सभामुखमा पनि आकांक्षी धेरै भएकाले सहमति जुटाउन शिर्ष नेतालाई समस्या भएको छ ।


  •  
  •  
  •