नेकपा स्थायी कमिटी बैठक यहि मंसिर २९ गते बस्ने

677
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक यहि मंसिर २९ गते बस्ने भएको छ ।

फाइल तस्बिर

पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । बैठक कम्तीमा दुई दिनसम्म चल्ने नेकपाले जनाएको छ ।

बैठकले केन्द्रीय विभाग र आयोगहरुलाई पूर्णता दिन ७ दिनभित्र प्रस्ताव पेश गर्न प्रमुख र उपप्रमुखहरुलाई निर्देशनसमेत दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।


  •  
  •  
  •