नेकपा सचिवालय बैठक बस्दै

84
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे बैठक बस्न लागेको हो ।

फाइल तस्बिर

बैठकमा पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बारेमा छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो पटक हेमोडायलसिस गरेर फर्केपछि बैठक बस्न लागेको हो । बैठकमा पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपचुनाव लगायत विषयमा छलफल हुने जनाइएको छ ।


  •  
  •  
  •