नेकपा सचिवालय बैठक बस्दै

63
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

फाइल तस्बिर

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपचुनाव लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधव नेपाल लगायतसँग लगातार नेतासँग तीनदिनसम्म परामर्श गरेपछि बैठक बस्न लागेको हो ।

ओलीले सरकारका काममा उपप्रधान तथा रक्षामन्त्री पोखरेल र पार्टीका काममा अर्का अध्यक्ष दाहाललाई थप केही भूमिका दिने तयारी गरेको बताइएको छ ।


  •  
  •  
  •