नेकपा सचिवालय बैठक बस्दै

69
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ ।  बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

फाइल तस्बिर

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकले ६ वटा महानगर, प्रवास कमिटी र आयोगहरुको टुंगो लगाउन सक्ने सम्भावना छ ।

नेकपाका नेताहरूबीच भएको अनौपचारिक सहमतिअनुसार ६ महानगरमध्ये काठमाडौं, विराटनगर, पोखरा, भरतपुर पूर्वएमाले ललितपुर र वीरगञ्ज महानगरपालिकाको नेतृत्व पूर्वमाओवादीको भागमा पर्ने सम्भावना छ ।

आजैको बैठकले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको नेतृत्व पनि टुंगो लगाउनेछ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर फर्किएपछि पहिलो पटक नेकपा सचिवालय बैठक बस्न लागेको हो ।


  •  
  •  
  •