नेकपाको सचिवालय बैठक बस्दै

महानगर इन्चार्ज तथा सहईन्चार्जबारे छलफल हुने
138
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक सोमबार बस्दैछ ।

फाइल तस्बिर

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएका हुन् । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।

बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल हुने जनाइएको छ । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिइएको थियो ।

नेकपामा यसअघिका सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै आएको थियो । सोमबार बस्ने सचिवालय पार्टी कार्यालयमा पहिलो पटक बस्न लागेको हो ।

अध्यक्ष दाहालले आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । भेटमा राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलेर अगाडि बढ्न सुझाएकी छन् ।

यस्तै वरियता घटुवामा परेर असन्तुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपालसँग उनले शुक्रबार आफ्नै निवास खुमलटारमा भेटवार्ता गरेका थिए ।

 


  •  
  •  
  •