तयारी नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित

201
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक तयारी नपुगेको भन्दै स्थागित भएको छ ।
मंगलबार दिउँसो तीन बजे बस्ने भनिएको बैठकमा सबै सचिवालय सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका थिए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री र महासचिवले गृहकार्य नपुगेको भनेपछि बैठक रोकिएको बताए ।

सचिवालय बैठक रोकिएसँगै नेताहरू माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बालुवाटारबाट निस्किएका थिए ।
दुई अध्यक्षको आजको बैठकमा पार्टीका विभिन्न आयोगको नेतृत्व टुंग्याउने तयारी थियो ।

बरिष्ठ नेता माधवकुमार नेपालले भने आज लिखित रूपमा फरक मत दर्ता गराएका छन् ।


  •  
  •  
  •