नेकपाको वरीयतामा नेपालभन्दा खनाल अघि

इञ्चार्ज र सहइञ्चार्जको टुंगो लाग्यो
204
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को वरियतामा माधवकुमार नेपालभन्दा अघि झलनाथ खनाल रहने भएका छन् ।

फाइल तस्बिर

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा बरिष्ठ नेताहरूको मर्यादाक्रममा पहिलो नम्बरमा खनाल र दोस्रो नम्बरमा नेपाल रहने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसैबीच बैठकले जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको छ । बैठकले २२ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो ।

बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल, युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्जमा माधव ढुंगेल, मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा विना श्रेष्ठ, पेशागत महासंघको इन्चार्जमा केशव नेपाल, उद्योगी व्यवसायी विशेष कमिटीको इन्चाजर्मा पार्वत गुरुङ, केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको छ ।

२२ मध्ये ६ वटा जनवर्गीय संगठनमा सदस्य सचिव माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ प्रस्ताव राखेका छन् ।


  •  
  •  
  •