नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बनाउने प्रस्ताव

525
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ ।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सचिवालय सदस्य गौतमलाई पार्टी केन्द्रीय कमिटी उपाध्यक्षको जिम्मेवारी प्रदान गर्न स्थायी कमिटी समक्ष प्रस्ताव लैजाने निर्णय गरेको हो ।

तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन गर्दा दुई अध्यक्ष र महासचिव मात्र तोकिएको थियो तर पार्टी एकताको डेढ वर्षपछि गौतमका लागि उपाध्यक्ष पद सिर्जना गरेको हो ।


  •  
  •  
  •