नेकपा प्रमुख सचेतक ढकालको घरमा बम प्रहार

145
  •  
  •  
  •  

रुपन्देही । नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकाल घरमा बम प्रहार भएको छ ।
सैनामैना ८ रामापुर कलौनीमा रहेको उनकोे घरमा पत्नी, बाबा आमा सुत्नु भएको अवस्थामा शुक्रबार बिहान करिब २ बजेतिर बम बिष्फोट भएको हो ।

ढकाल सुत्ने कोठासम्मै बम प्रहार भएको तर त्यो विष्फोट नहुँदा मानवीय क्षति जोगिन पुगेको छ । घरमा पार्किङ गरीराखिएको गाडीमा भने पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ ।

ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको पत्रकार अमृत गिरीले बताए ।
प्रदेश ५ का नेकपाका प्रमुख सचेतक ढकाल भने काठमाडौंको मेडिसिटी अस्पतालमा गएको चार दिनदेखि उपचाररत छन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।


  •  
  •  
  •