नेकपाको सचिवालय बैठक फेरि स्थगित

131
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)को सचिवालय बैठक फेरि स्थगित भएको छ ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार दिउँसो छलफल भए पनि कुरा नमिलेपछि बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो ।

फाइल तस्बिर

वालुवाटार निकट स्रोतका अनुसार छलफलका क्रममा स्कूल विभागमा पूर्व माओवादीहरु लचिलो भएपनि पूर्वएमालेकै बीचमा विवाद उत्पन्न भएको छ ।

अझै थप छलफल गर्न पर्ने देखिएकोले आज बैठक बस्न नसकेको स्रोतले बताएको छ ।

यसअघि मंगलबार पनि बैठक स्थगित भएको थियो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि सोमबारै दुई अध्यक्षबीच परामर्श भएको थियो ।


  •  
  •  
  •