नेकपा सचिवालय बैठक बस्दै

56
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

फाइल तस्बिर

मंगलबार बस्ने भनिएको सचिवालय बैठकमा गृहकार्य नपुगेको भन्दै आजका लागि सारिएको थियो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्ने बताइएको छ । बैठकमा विभागका नेतृत्व, पोलिटब्युरो गठन लगायतका विषय टुंगो लगाउने नेकपाले जनाएको छ ।
नेकपामा स्कूल विभागको नेतृत्वको विषयमा विवाद भएपछि लामो समयदेखि सचिवालय बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीले सिंगापुरबाट फर्किएपछि गृहकार्य गरेका कारण आज टुंगो लगाउन सक्ने पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


  •  
  •  
  •