नेकपा सचिवालय बैठक सोमबारका लागि सर्‍याे

309
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ ।
बैठक विभाग र आयोगको टुंगो लगाउन दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।

फाइल तस्बिर

नेकपाका सचिवालय सदस्यं एवं प्रवक्ता नाराणकाजी श्रेष्ठले बैठक सोमबारसम्मका लागि सरेको बताए ।
अर्को बैठक सोमबार दिउँसो ३ बजे बोलाइएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

स्कुल विभागको नेतृत्व कसलाई दिने भन्ने विषयमा नेकपामा विवाद जारी छ । विभागमा पूर्व एमालेबाट ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठले दावी गर्दै आएका छन् ।

संगठन र विदेश विभाग पूर्व एमालेले लिन सहमति भइसकेको छ । तर संगठन र विदेश पूर्व एमालेले लिएपछि स्कुल विभाग आफूले पाउनुपर्ने पूर्व माओवादी समूहले दावी गर्दै आएको छ ।

पूर्व माओवादीले स्कुल विभागलाई ‘बटमलाइन’ बनाउँदै कुनै पनि हालतमा लिइछाड्ने बताएपछि स्कुल विभागमा थप विवाद भएको हो । पूर्व एमाले समूहबाट झलनाथ खनाल, घनश्याम भुसाल र वेदुराम भुसालले पनि स्कुल विभागमा दावी गरेका छन् ।

दुवै अध्यक्षको छलफलपछि बैठक सारिएको प्रचण्डका सचिवालय सदस्य विष्णु सापकोटाले जानकारी दिए ।


  •  
  •  
  •