नेकपा सचिवालय बैठक आज बस्दै

348
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

फाइल तस्बिर

दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा स्कूल विभागको नेतृत्व सम्बन्धी विवाद समाधान गर्ने प्रयास हुने बताइएको छ । तर नेताहरुबिच यसबारे अहिलेसम्म ठोस सहमति बन्न नसकेकाले सचिवालय बैठकले विवाद समाधान गर्ने सम्भावना न्यून रहेको पार्टीका एक नेताले बताए ।

विवाद नमिल्दा गत मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो । त्यसअघि बिहीबारका लागि बैठक डाकिएको थियो त्यो बैठक पनि स्थगित गरिएको थियो । स्कूल विभागको नेतृत्वमा विशेष गरी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ लगायतले दाबी गरेका छन् ।

दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । पूर्व एमालेका तर्फबाट पोखरेल र पूर्व माओवादीका तर्फबाट श्रेष्ठको दाबेदारी छ । नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा रहेको भनिए पनि स्कूल विभागको नेतृत्व विवादले समस्यामा परेको छ ।


  •  
  •  
  •