नेकपाको सचिवालय बैठक विना निर्णय सकियो

200
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना निर्णय स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा अपराह्न बसेको बैठक कुनै निर्णय विना नै स्थगित भएको हो ।

फाइल तस्बिर

राजनीतिक दस्तावेज, जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्ने भनिए पनि बैठकमा खास एजेन्डाको बारेमा प्रवेश हुन नपाउँदै बैठक स्थगित भएको नेता बामदेव गौतमले बताए ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न विषयमा जानकारी गराएका थिए । लगतै प्रधानमन्त्री ओली इदुल फित्रको कार्यक्रममा जानुपर्ने भएकाले अरु विषयमा छलफल नै हुन नपाएको नेता गौतमले बताए । उनले भने, ‘आज जानकारी लिने र दिने काम मात्र भयो । कुनै निर्णय भएन ।’

महासचिव विष्णु पौडेलका अनुसार राजनीतिक प्रतिवेदन कसरी सम्पादन भइरहेको छ भन्ने जानकारी गराएका थिए । साथै छिट्टै एकताका बाँकी काम सम्पन्न गर्ने निष्कर्ष निकालिएको उनले बताए ।


  •  
  •  
  •