नेकपा सचिवालय बैठक बस्दै

241
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
३ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा पार्टीको थाती सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

फाइल तस्बिर

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भए पनि जिल्ला एकीकरणको काम बाँकी छ । जिल्ला संयोजक र सहसंयोजक छनोट भए पनि इञ्चार्ज तथा सहइञ्चार्ज भने अहिले सम्म तोक्न सकेको छैन ।
आजको बैठकमा यसबारे ठोस ढंगले छलफल हुने एक नेताले बताए ।

पछिल्लो समय नेकपा नेतृत्वको सरकार संसद्मा पेश गरेको विधेयक तथा कार्यशैलीका कारण आलोचित बनिरहेको छ । बैठकमा सरकारको काम–कारवाहीलगायत समसामयिक विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।


  •  
  •  
  •