नेकपा सचिवालय बैठक : जिल्ला इञ्चार्ज र सह–इञ्चार्ज तोक्न सकेन

248
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबारको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेताहरुबीच मत बाझिएपछि जिल्ला कमिटीको इन्जार्च र सहइन्चार्ज तोक्ने काम टुंगोमा पुग्न सकेन ।

फाइल तस्बिर

बिहीबार पुनः सचिवालयको बैठक बसेर जिल्ला इन्चार्ज र सह इन्चार्ज तोक्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

जिल्ला इन्चार्ज र सह इन्चार्ज तोकिसकेपछि अन्य केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाड गरिने प्रवक्ता श्रेष्ठले बताए ।
नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा तयार पारेको पार्टी जिल्ला कमिटीको इञ्चार्ज र सह–इञ्चार्जको सूचीमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका थिए ।

सांसद र मन्त्री भएकाहरुलाई पार्टी जिल्ला कमिटीको इञ्चार्ज र सह–इञ्चार्ज दिन नहुने अडान वरिष्ठ नेता नेपालले लिएपछि त्यससम्बन्धी निर्णय लिन ढिलाइ हुन गएको हो ।

यसअघि मंगलबार पनि सचिवालयको बैठकमा त्यो विषय प्रवेश गराइएको थियो । बैठक बिहीबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः बस्नेछ ।


  •  
  •  
  •