नेकपाकी सचेतक शान्ता चौधरी कार्यक्रमस्थलमै बेहोस

382
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन(ओएनएस) : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलकी सचेतक शान्ता चौधरी अस्पताल भर्ना भएकी छिन् ।

मंगलबार उच्च अदालत तुलसीपुरमा आयोजित कार्यक्रममा सहभागी नेकपाकी सचेतक चौधरी कार्यक्रमस्थलमै बेहोस भएकी थिइन् ।

बेहोस हुनासाथ चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको छ ।
चौधरी नेकपाको प्रतिनिधि सभा संसदीय दलको सचेतक हुन् ।

चौधरीलाई अहिले आकस्मिक कक्षमा राखेर उपचार भइरहेको चौधरीकी स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए ।


  •  
  •  
  •